प्राइम खबर संबाददाता | पुस २७, २०७७ सोमबार

रौतहटको चन्द्रनिगाहपुरमा एक कार्यक्रममा आएका शहरी विकास मन्त्रि प्रभु साहलाई कालो झन्डा देखाइएको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित गौतम होटलमा चन्द्रपुर स्मार्ट सिटिको भावी कार्य योजना सम्बन्धि छलफल तथा अन्र्तक्रिया कार्यक्रममा सोमबार साझ सहभागी हुन आएका मन्त्री साहलाई नेकपा प्रचण्ड नेपाल समुहका कार्यकर्ताहरुले कालो झन्डा देखाएका थिए । कालो झन्डा देखाउदा केही समय चन्द्रनिगाहपुर दूध डेरी चोकमा झडपको स्थिती सिर्जना भएको थियो । सोही क्रममा स्थानिय नेकपा कार्यकर्ता अमृत श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कालो झन्डा देखाएपछि श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइएको हो । पक्राउ परेका श्रेष्ठलाई तुरुन्त रिहाको माग गर्दै नेकपा नेता तथा कार्यकर्ताहरुले इलाका प्रहरी कार्यलय अगाडी नाराबाजी गरेका थिए । नेकपा कार्यकर्ताको चर्को नाराबाजी पश्चात पक्राउ परेका श्रेष्ठलाई प्रहरीले रिहा गरिसकेको छ । 
सोमबार साँझ गौतम होटलमा सम्पन्न कार्यक्रम चन्द्रपुर नगरपालिका लाई लक्षित गरी स्मार्ट सिटीको भावी कार्ययोजना सम्बन्धी छलफल एबम् अन्तर्क्रिया कार्यक्रम भनी तोकिएको कार्यक्रम भएतापनि उक्त कार्यक्रममा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिहरु मध्य एकजना जनप्रतिनिधिको पनि सहभागीता रहेको थिएन ।