प्राइम खबर संबाददाता | बैशाख २२, २०७८ बुधबार
रौतहट जिल्लाको चन्द्रपुर नगर भित्रका सरकारी तथा निजि बैंकहरु २२ गतेबाट ४ घण्टा मात्र खुल्ने भएको छ । दोस्रो भेरीयन्टको कोरोनाको लहर चलेसंगै चन्द्रपुरमा पनि संक्रमतिहरु दिनप्रतिदिन बढ्दै गएकाले सम्पूर्ण बैकहरु बिहान १० बजेदेखि दिउसो २ बजेसम्म मात्र खुल्ने भएको हो। इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले बुधबार नेपाल बैक , कृषि बिकास बैक र राष्ट्रिय बाणिज्य बैक चन्द्रपुर शाखाको नाममा पत्राचार गरि चन्द्रपुर नगर क्षेत्रका अन्य निजि बैकहरु पनि बैशाख २२ गतेबाट दिनको ४ घण्टा मात्र संचालन गर्न अनुरोध गरेको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौलाले बताएका छन्। साथै न्युनतम कर्मचारीहरुको उपस्थितीमा स्वास्थ्य मापदण्ड अवलम्बन गरेर मात्र सेवा प्रवाह गर्न समेत निरौलाले आग्रह गरेका छन्।