प्राइम खबर संबाददाता | बैशाख ६, २०७८ सोमबार
रौतहट जिल्लाको चन्द्रपुरस्थित पर्ने पौराइमा टिफरको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । सोही ठक्करमा परेर एक जना गम्भीर घाइते भएका छन् । चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित पुर्वपश्चिम राजमार्ग को पौराइमा सोमबार टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो । ना ७ ख २९८३ टिफरले बा ५८ प २७९५ नम्वरको मोटरसाइकललाई दिएको ठक्करबाट सिन्धुलीको हरिहरपुरगढीको वडा नम्बर ७ का ३० बर्षिय सोमलाल स्याङ्तानको मृ,त्यु भएको र सोही स्थानका २१ बर्षिय संजिव वाइवा घाइते भएको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर ले जानकारी दिएको छ । घाइते वाइबाको चन्द्रनिगाहपुर स्थित एप्पलो सिटी अस्पतालमा प्रथामीक उपचार पछि थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय टिफरको ठक्कर बाट बिभीन्न ठाउमा यस्ता घटना बढ्दो छ । यस्को नियत्रण हुन कुनै किसीमको पहल हुन सकेको र टिफर को आतङ्कको नियन्त्रणका लागि कुनै किसीमको नीति नियम लागू गर्न नसकेको भन्दै स्थानीयबासीहरुले विरोधाभास प्रकट समेत गरेका छन् ।