प्राइम खबर संबाददाता | माघ ३, २०७७ शनिबार
रौतहट- जिल्लाको गरुडामा अवस्थित श्री बंशिराम अनाथलयमा खाध्यान्न सहयोग गरिएको छ । शनिवार चन्द्रपुर घर भएका पत्रकार शिव पुरीकी छोरी काजोल पुरीको जन्म दिनको अवसरमा अनाथलयमा बस्ने बालबालिकाहरुका लागी एक महिनाको लागी पुग्ने चामल,दाल,नुन जस्ता खाध्यान्न सामग्रीहरू सहयोग गरीएको छ ।
पत्रकार शिव पुरीका छोरी हाल अध्ययनको शिलशिलामा अमेरीकामा छिन् उनको जन्मदिनको दिनको अवसरमा अनाथलयमा रहेका अनाथ बालबालिकाहरूका लागी आवश्यक खाध्यान्न सामाग्री सहयोग गरीदिनु हुन भन्ने आग्रह संस्थाले गरे पछि सोहि अनुरुप सहयोग गरीएको रेबन्ती खड्काले बताईन ।
यस भन्दा अघि पनि अनाथ बालबालिकालाई शीतलहर बाट जोगाई न्यानो महसुस होस् भन्ने उद्देश्यका साथ १६ थान सिरक समेत यसअघि सहयोग गरीएको थियो ।
रौतहट जिल्लाका क्रियाशील पत्रकार पुरीले बिगत लामो समयदेखि अनाथलय लगाएत बिभिन्न मठ मन्दिर तथा गरिब विपन्न परिवारलाई सहयोग गर्दै आएका हुन । मिलनसार र अत्यन्तै सहयोगी मनका धनी संचारकर्मी पुरीले समस्या परेका र अभावमा परेका हरुलाई सहयोग गर्न सधैं तत्पर रहने विशाल हृदयका धनी पत्रकार पुरीले ठूलो राहत दिएको बंशिराम अनाथलयका व्यवस्थापक ह्दय नारायण कुशवाहाले जानकारी दिएका छन् ।