प्राइम खबर संबाददाता | माघ २, २०७७ शुक्रबार

रौतहट - गएको पुस २८ गते  ओखलढुंगा घर बनाउने एक युवतीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा गएर पाँच जना व्यक्तिले अपहरण गरी बलात्कार गरेको जाहेरी दिएपछि उक्त जाहेरीको अनुसन्धान गर्दै जाँदा सबै कुरा झुठो भएको र पैसाको लोभमा फसाउने नियतबाट जाहेरी दिएको खुलेपछि  रौतहट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको हो ।
२५ गते शनिवारका दिन पाँच जना व्यक्तिहरुले ओखलढुंगाबाट काठमाण्डौं जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रिएको र बाटोमा बसीरहेको अवस्थामा सिन्धुली खुर्कोटबाट अपहरण गरी ल्याई चन्द्रनिगाहपुरको दुई तल्ले पक्की घरमा बन्धक राखि सामुहिक बलात्कार गरेको भनि बताएकीले निज पीडित बालिकालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई राखे पश्चात् पीडितको भाउजु नाता पर्ने मेनुका परियार र  कल्पना भुजु समेत आए पश्चात भाउजुबाट जाहेरी लिई पीडितको कागज समेत गराई निजहरुलाई लिई घटनास्थलमा एकिन गर्न पठाईएको भएपनि सो अनुसार यकिन हुन नसकेको, पीडित भनिएकी बालिका संग गहन सोधपुछ पछि किटानी जाहेरी दिएको व्यक्तिहरुको फोटो फेसबुकबाट लिएर जाहेरी दिएको रहस्य खुलेपछि निजहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पीडक भनिएका व्यक्तिहरुको मोबाईल फोनको सिडिआर लोकेशन माग गरी बिश्लेषण गर्दा आरोपित व्यक्तिहरु उक्त मितिमा सिन्धुली खुर्कोटबाट चन्द्रनिगाहपुर आएको नदेखिएको र पीडित भनिएकी बालिकाको बुवा जिवितै रहेको र  बालिका बिगत १ बर्ष देखि काठमाण्डौंको सुन्दरीजलमा दिदीसंग बस्ने र काठमाण्डौंबाट भाउजु नाताकी मेनुका परियारसंग घुम्न ईलाम जान्छु भनि हिडेकी बताइएको छ ।
प्रहरीलाई शंका लागि पीडित भनिएका महिलाहरुलाई अनुसन्धानात्मक सोधपुछ गर्दा जिल्ला रौतहट गरुडा न.पा.वडा नं.२ स्थायी घर भई काठमाण्डौ बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरी बस्ने अभियुक्त हरुकै चिनजानका गजेन्द्र नाम गरेका राम बिश्वास साह कानु समेतको संलग्नतामा योजना बनाई निजको बिपक्षी रहेका.गरुडा नपा बस्ने राम निवास साह कानुसंगको लेनदेन मुद्दाको रिसिबी साध्न गजेन्द्र साहले मेनुका परियार लाई ६ लाख र जागिर समेत दिने भनि सल्लाह गरी योजना बनाइएको रहस्य खुलेको छ। 
उक्त झुटो मुद्दामा रामबिनय साह कानु समेतका पाँच जना व्यक्तिहरुलाई फसाउन भनि निजहरु पुस २७ गते काठमाण्डौंबाट  सिमरा आई सिमराबाट मेनुका र कल्पना बिरगंज तर्फ गएका प्रहरी अनुसन्धानले बताइएको छ ।
सिमराबाट गजेन्द्र साहले पीडित भनिएकी बालिकालाई साथमा लिई पुस २८ गते विहान चन्द्रनिगाहपुरमा ल्याई छाडी गएको भनि खुल्न आएकाले झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने मेनुका परियार भन्ने चिनिमाया नेपाली, कल्पना भुजुर परिवर्तित नामथर भएको महिलाहरुलाई पुस २९ गते पक्राउ पुर्जी दिई पक्राउ गरी आज जबरजस्ती करणी सम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।