प्राइम खबर संबाददाता | बैशाख ४, २०७८ शनिबार

राष्ट्रिय जनगणना २०७८ का लागि शुक्रबार चन्द्रपुर स्थित चन्द्रनिगाहपुरमा स्थानीय जनगणना कार्यलय स्थापना भएको छ ।
जिल्लाको चन्द्रपुर ,गुजरा र बृन्दावन नगरपालिकाको जनगणना कार्यालय चन्द्रनिगाहपुरमा शुक्रबार एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले उदघाटन गरेका छन् । चन्द्रनिगाहपुर स्थित ईलाका हुलाक कार्यलयमा भएको उदघाटन समारोहमा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान जिल्ला जनगणना कार्यलयका सह अधिकृत अनिल चौधरी ,शाखा अधिकृत ध्रुवलाल यादवको सहभागिता रहेको थियो । राष्ट्रिय जनगणना २०७८ का लागि रौतहट जिल्लाभरी पाँच वटा कार्यलय संचालनमा रहेको छ । गौर ,गरुडा चन्द्रपुर ,कटहरिया र बौधिमाई नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ का लागि कार्यलय स्थापना भइसकेको छ । जनगणनाले देशको जनसंख्या के कति छ भन्ने कुराको तथ्याङ्क प्राप्त हुने हुँदा प्रत्येक दस दस वर्षमा  हुने भएका कारण यसमा खटिने कर्मचारीलाई राम्रोसंग नियम संगत तरिकाले काम गर्नका लागि  आवश्यक सहयोग र हौसला प्रदान गर्न आफू हरदम तत्पर रहेको नगर प्रमुख चौधरीले बताए ।