प्राइम खबर संबाददाता | चैत १४, २०७७ शनिबार

बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा  रातको १२ बजेबाट लागु हुनेगरी १० दिनसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको छ। नगरपालिकाको आज बसेको बैठकले भोलीदेखि २२ गतेसम्म १० दिनका लागि नगरपालिका क्षेत्र लकडाउन गर्ने निणर्य गरेको हो ।
कोरोना भाइरस नगरपालिकामा १८ जना सक्रिय संक्रमित रहेका र कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि लकडाउन गर्ने निणर्य भएको दशरथचन्द नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिएका छन् ।
लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइने जनाएको छ।