प्राइम खबर संबाददाता | चैत ५, २०७७ बिहिबार
रौतहट रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा स्थित चपुर गौर सडक खण्डमा बिहीबार साँझ साढे आठ बजेको समयमा माेटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ।
गरुडा बाट हरसहा तर्फ आउदै गरेको बा.२८ प ८७६९ नम्बरको मोटसाइकल आफै अनियन्त्रित भई पल्टन जाँदा वर्ष १९ का एक किशोर गम्भिर घाईते भएका छन् । घाईते युवकलाई गरुडाका हेल्थ ल्याण्ड अस्पताललमा उपचार भईरहेको छ । दुर्घटना भई गम्भिर घाईते भएका उनको अहिले सम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ सिरियस अवस्थाको बिरामी रहेका घाईते व्यक्तिलाई चिन्नहुने जो कोहीले ईलाका प्रहरी कार्यालय गरुडाको सम्पर्क नंबर ९८५५०९०१६५ मा सम्पर्क गरी जानकारी गराउन सोही कार्यालयले अनुरोध समेत गरेको प्रहरीले जनाएको छ ।