प्राइम खबर संबाददाता | चैत ५, २०७७ बिहिबार

रौतहटको मध्यभाग गरुडामा बिहीबार नेकपा माओवादी केन्द्रको बैठक सम्पन्न भएको छ । पछिल्लो समय अदालतको फैसलाले माओवादी केन्द्रलाई ब्युउताएपछिको रौतहटमा माओवादी केन्द्रको पहिलो बैठक बसेको हो ।
  विहिबार सम्पन्न बैठकले नेकपा माओवादी केन्द्र पार्टी कमिटिलाई वडा स्तरसम्म जगाउने,स्थानिय जनप्रतिनिधिहरुको स्थितीको अद्यावधिक गर्ने , सबै तहहरुमा पार्टीको भेला छलफल बैठक सञ्चालन गर्नुका साथै जनवर्गीय संगठनहरुको पुर्व कमिटिहरु सक्रिय बनाई बैठकहरु समेत संचालन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज भट्टराई समीरले बताएका छन् । 
   माओवादी नेता देवेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य युवराज भट्टराइ समीरको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न थियो । अदालतले नेकपा नामको आधिकारिक पार्टी ऋषि कट्टेलको भएको र नेकपा एमाले र माओवादी केन्द्रबीच फ्यूजनभई बनेको नेकपालाई खारेज गरी  साविक नेकपा एमाले र माओवादी केन्द्र  लाई नै कायम गराएपछि दुबै पार्टीका नेता तथा कार्यकर्ताहरुले अलग अलग कार्यक्रम गर्दै  आफ्नो सक्रियता बढाउन थालेका भएपनि पार्टी फुट गुट उपगुट को कारण आम कार्यकर्तामा तिक्तता छाएपछि दुवै पार्टीका कार्यक्रममा कार्यकर्ताको खासै त्यति जनसभगिता रहेको देखिँदैन।