प्राइम खबर संबाददाता | चैत ५, २०७७ बिहिबार

नेपाली काँग्रेसका सह–महामन्त्री प्रकाशसरण महतले बम विष्फोटनमा घाइतेहरुलार्ई  जिउँदै इट्टाभट्टामा जलाएको आरोपमा हाल पूर्पक्षको लागि कारागारमा रहेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलममाथि अन्याय भएकाले उनले न्याय पाउनुपर्ने जिकिर जिकिर गरेका छन्  । रौतहटको चन्द्रनिगाहपुरमा आयोजित नेपाली काँग्रेसका अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महतले आलमलाई न्याय दिलाउन नेपाली काँग्रेसले संस्थागत रुपमा न्यायिक लगायतका आवश्यक हरेक सहयोग गरिरहेको प्रष्ट परेका छन्  । 



  कम्युनिस्ट नेतृत्व सरकारले नक्कली प्रमाण बनाएर आलमलाई न्यायबाट वन्चित नगरोस् भन्नाका लागि नेपाली काँग्रेस लागिपरेको महतको भनाइ छ । महतले सरकारले जे गर्न खोजेपनि अन्तिममा आलमले अदालतबाटै न्याय पाउने विश्वास व्यक्त गरेका छन्  । ‘उहाँ एउटा मुद्धामा जेल जिवन बिताइरहनुभएको छ ’ आलमप्रति लक्षित गर्दै महतले भने, ‘पार्टीले उहाँलाई सम्पूर्ण कानुनी रुपमा सघाइरहेको छ । जवरजस्ती नक्कली प्रमाण सृजना गरेर राज्यले उहाँलाई न्यायबाट वन्चित नगरोस् ।’ 



दर्जनौ व्यक्तिलाई इट्टाभट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका पूर्व मन्त्री एवं रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद अफताव आलमलाई रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै हाल उनी केन्द्रिय कारागार काठमाडौँमा बन्दी जीवन बिताइरहेका छन् ।