प्राइम खबर संबाददाता | चैत ५, २०७७ बिहिबार

रौतहट स्थित नेपाली काङ्ग्रेस चन्द्रपुर नगरपालिका वडा नम्बर ५ को सभापतिमा युवा नेता मुकेश गिरिलाई नै आधिकारिकता कायम गरिएको छ  ।
  यसअघि उजुरी परेपछी केन्द्रिय निर्वाचन समितिले २०७७ असोज ६ गते सोही वडाका दामोदर घिमिरेलाई सभापतिको जिम्मेवारी दिएको थियो उजुरी ऊपर छलफल भई गिरी लाई नै आधिकारिक वडा सभापति कायम गरिएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार पत्र पठाएपछि यस अघि कायम  निवर्तमान सभापति घिमिरे पदमुक्त भएका कांग्रेस चन्द्रपुर नगर सभापति धानलाल ठोकरले बताए । 
  रौतहट क्षेत्र न.३ को सभापतिमा राम अयोध्या राय यादबलाई कायम गरेको छ । २०७७ असोज ९ गते नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिमा राम भरोसा प्रसाद यादबले दिएको उजुरीमा प्रमाण,दाबी नपुगेको भन्दै गिरि र यादबलाईनै सभापतिमा कायम गरिएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितीका सचिब जगन्नाथ श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा विवरण उल्लेख गरिएको छ ।