प्राइम खबर संबाददाता | चैत २, २०७७ सोमबार

रौतहटको गौरमा जिल्ला जनगणना कार्यालयको सोमबार स्थापना गरिएको छ। नेपालको १२ औ जनगणना २०७८ को तयारी  क्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सोमबार एक कार्यक्रमका बिच जिल्ला जनगणना कार्यालय रौतहटको स्थापना गरेका हुन् ।  स्थापना गरिएको जनगणना कार्यालयले २०७८ बैशाखबाट सुपरिवेक्षकहरुद्धारा घर तथा घरपरिवारको सुचिकरण गर्ने तथ्याङ संकलन गर्ने र गणकहरुबाट मुल गणनाको काम गर्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
रौतहट जिल्लामा ५ वटा पलिकाहरुमा जनगणना केन्द्रहरू स्थापना हुने भएको छ । जिल्लाको चन्द्रपुर,गरुडा, कटहरिया , बौधीमाई र गौरमा केन्द्रहरू रहने गरी तयारी भई रहेको श्रोतको भनाइ रहेको छ।