प्राइम खबर संबाददाता | फागुन २९, २०७७ शनिबार

रौतहटको मौलापुरमा एक बिगाहामा लगाइएको  प्रतिबंधित  लागु औषध  अफिमको खेती रौतहट प्रहरीले शनिवार नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त भएको गोप्य सुचनाको आधारमा रौतहट प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहको कमाण्डमा गएको प्रहरी टोलीले जिल्लाको मौलापुर नगरपालिका वडा नं. ७ स्थित सबैया पिपरीयाको विभिन्न स्थान गरी करिव एक विगहा क्षेत्रफलमा लगाइएको अफिमको बिरुवालाई नष्ट गरेको हो ।



कानूनी रूपले पूर्ण बन्देज रहेको अवैध लागुऔषध अफिमको खेतीको बारेमा जानकारी आए पछि प्रहरीले बिरुवाहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक शाहले बताए ।
प्रहरीको आँखा छल्न मकैबारी को बीचमा लगाइएको सात हजार अफिमको बिरुवा सहित एक कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा समेत नष्ट गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।