प्राइम खबर संबाददाता | फागुन २६, २०७७ बुधबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुर मा अवस्थित सिभिल अस्पताल चपुर प्रा.ली.ले दुई दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालले जनज्योती माध्यमिक विद्यालयमा अध्ययन गर्ने बालबालिका हरुको निमित्त साधारण स्वास्थ्य जाँच सँगै आँखा तथा दाँत परीक्षणको निमित्त शिविरको आयोजना गरेको छ ।
बुधवार देखि सञ्चालित शिविरमा विद्यालयमा अध्ययनरत बालबालिकाहरूको स्वास्थ्य अवस्था र उनीहरूको आँखा एबम् दाँतमा हुनसक्ने समस्यालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक सिभिल अस्पताल प्रा.ली.का संचालक रामजी साह ले बताएका छन् ।
उक्त विद्यालयमा अध्ययनरत करिब पाँचसय भन्दा माथि विद्यार्थीहरूको आँखा तथा दाँतको जाँच गरिने लक्ष्य रहेको आयोजक को भनाइ रहेको छ । विद्यालय मै स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्दा आफूहरुलाई सहज अनुभूति भएको र आर्थिक अवस्था कमजोर भएको हुँदा अन्यत्र अस्पतालमा गई जाँच गराउँदा परिवारमा आर्थिक बोझ हुने हुँदा विद्यालयमा भएको शिविर बाट आफूहरुले लाभ लिएको विद्यार्थीहरु बताउछन ।
शिविरमा स्वास्थ्य जाँच सँगै आँखा तथा दाँत जाँचको निमित्त दक्ष जनशक्ति सहित आधुनिक मेसिनको प्रयोग द्वारा जाँच गरिएको अस्पतालका संचालक साहले बताए आगामी दिनमा समेत अस्पतालले विभिन्न क्षेत्र एबम् लक्षित वर्गको निमित्त स्वास्थ्य शिविर लगायत विभिन्न कार्यक्रमहरू गर्ने लक्ष्य राखिएको संचालक साहको भनाइ रहेको छ ।