प्राइम खबर संबाददाता | फागुन २५, २०७७ मंगलबार
सशस्त्र प्रहरीले रौतहटको सीमाबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । नेपालबाट भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सोमबार साँझ सीमावर्ती क्षेत्रबाट ४० कार्टुन सोफी मदिरा सहित तीनजनालाई पक्राउ गरेको हो ।सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टर गौरबाट गाएको टोलीले राजदेवी नगरपालिकास्थित ब्रह्मपुरीबाट सो परिमाणको मदिरा बरामद गरेको सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टर गौरले जनाएको छ ।
राजदेवी नगरपालिका वडा नं ९ बस्ने ४० वर्षीय असरत महतो, सोही नगरपालिका ९ कै २४ वर्षीय श्री महतो र सोही स्थानका १७ वर्षीय एन महतो पक्राउ परेका हुन् ।
भारतको बिहारमा मदिरा प्रतिबन्ध भए पनि रौतहटसँग सीमा जोडिएका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध मदिरा भारततर्फ तस्करी हुने गरेको छ
बरामद मदिरा मंगलबार भन्सार कार्यालय गौरमा बुझाइएको जनाइएको छ ।