प्राइम खबर संबाददाता | फागुन २५, २०७७ मंगलबार
अबैध साल प्रजातिको काठको गोलाइ लोड सहित एउटा टाटा मोबाइल पिकअप गाडीलाई लाई सोमबार राती साढे दुई बजेको समयमा डिभिजन बन कार्यालय रौतहटले नियन्त्रणमा लिन सफल भएको छ ।
गुजारा नपा स्थित धनसर जंगल सहिया सडक खण्ड हुँदै गाउँतर्फ लैजाँदै गरेको अवस्थामा ना.२ च ८१९१ नम्बरको टाटा पिकअप गाडी सहित एक जना लाई पक्राउ गरिएको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
बरामद काठको परिणाम ५ दशमलब ३९ क्युबफीट रहेको जनाइएको छ । उक्त सवारीमा सालको काठको गोलिया बनाई लोड गरिएको अवस्थामा पक्राउ गरिएको जनाइएको छ । विशेष सूचनाको आधारमा निमित्त डिभिजन बन् अधिकृत अमरदेव प्रसाद यादवको कमाण्डमा खटेको गस्ती टोलीले सो परिमाणको अवैध काठ बरामद गरेको हो । बरामद काठ सँगै पक्राउ पर्नेमा कटहरीया नगरपालिका ४ निबासी मेत्तु दास बैठा रहेका छन् । पक्राउ परेका एबम् काठ सहित बरामद गरिएको सवारी थप अनुसन्धान गरी आवश्यक कारवाहीको लागि डिभिजन बन् कार्यालय रौतहटमा राखिएको बन् कार्यालयले जनाएको छ