प्राइम खबर संबाददाता | फागुन १९, २०७७ बुधबार

रौतहटको चन्द्रनिगाहपुरमा संचाकर्मीहरुको निशुल्क स्वास्थ जाच गरिएको छ । चन्द्रपुर अस्पताल प्रालिको आयोजनामा रौतहट जिल्लाको चन्द्रपुर रहेर पत्रकारिता गर्दै आएका क्रियासिल संचारकर्मीहरुको स्वास्थ जाच गरिएको हो ।
 स्वास्थ्य जाचमा एक्स- रे , रगत जाँच ,इसिजी, सुगर,प्रेसर, कोलेष्ट्रोन, लगायतको जाँच गररिएको छ ।




चन्द्रपुर अस्पताल प्रालिमा भएको स्वास्थ परिक्षणमा चन्द्रपुरका कृयासिल पत्रकारहरुले आफ्नो स्वास्थ जाँच गराएका छन । स्वस्थ जाँच गर्नको लागि उक्त कार्यक्रमको आयोजना गरी स्वस्थ जाँचमा सहयोग गर्ने चन्द्रपुर अस्पताल एबम् सो अस्पतालका वरिष्ट डा.सुबास कुमार चौधरी प्रति सञ्चारकर्मीले  धन्यवाद समेत प्रकट गरेका छन् ।