प्राइम खबर संबाददाता | फागुन १६, २०७७ आइतबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित पुर्व पश्चिम राजमार्गमा पुर्व  पर्यटन,नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराई सबार ज १ झ ४२७ नम्बरको गाडीलेे आईतबार  साँझ ठक्कर दिदा चन्द्रपुर ६ निवासी ५५ वर्षीय  इन्द्रप्रसाद घिमिरे (अर्जुन) घाइते भएका छन्। घाईते घिमिरे साइकलमा सवार थिए । 
जनकपुरबाट प्रेस संगठन नेपालको कार्यक्रम सकेर हेटौंडा फर्किदै गरेका पुर्व मन्त्री भट्टराई सवार सरकारी गाडीले ठक्कर दिएको थियो।




घाइते  घिमिरेको चन्द्रनिगाहपुर स्थित  सिभिल अस्पताल प्रा.ली.मा तत्काल उपचार गर्न लगिएको थियो।  घाइते घिमिरेको ढाडमा गम्भीर चोट लागेकोले थप उपचारको लागि काठमाडौंको पठाइएको पुर्व मन्त्री भट्टराईले जानकारी दिएका छन् । 
भट्टराई सवार गाडीले साइकल यात्री घिमिरेलाई ठक्कर दिएपछि पूर्वमन्त्री भट्टराई आफै स्वयंले घाइतेलाई उठाई अस्पतालसम्म पुर्याएका थिए । 


ठक्कर दिने उक्त सरकारी प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिई  ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा राखिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन् ।