प्राइम खबर संबाददाता | फागुन १६, २०७७ आइतबार

रौतहट स्थित इलाका प्रहरी कार्यालय गरुडाद्वारा विभिन्न समयमा बरामद भएका  अबैध घरेलु मदिरा नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय गरुडा र सोही मातहतका प्रहरी समेतबाट बिभिन्न समयमा .खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेक जाँच गर्ने क्रममा बरामद गरिएको अबैध मदिरा आइतबार प्रहरीले नष्ट गरेको हो ।
    अवैध घरेलु  मदिरा २० वटा ग्यालेनमा भर्ती रहेको अन्दाजी ३०० लिटर मदिरा  नियन्त्रणमा लिइ दाखिला भएकोमा सो मदिरा आइतबार प्रहरी कार्यालयको मुल ढोका देखी ५० मिटर उत्तर गौर – चन्द्रनिगाहपुर  सडक खण्ड स्थित  सडकको पश्चिम किनारमा नष्ट गरिएको  छ ।
सो परिमाणको मदिरा नष्ट गर्न  ईलाका प्रशासन कार्यालय गरुडा,गरुडा नगरपालिका कार्यालय, करदाता सेवा कार्यालय चन्द्रपुर रौतहटका  प्रतिनिधी, स्थानिय भद्रभलादमी र  संचारकर्मीहरुको संयुक्त  रोहवरमा  सो बरामद मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिएका छन् ।