प्राइम खबर संबाददाता | फागुन १५, २०७७ शनिबार
रौतहट स्थित माधव नारायण नगरपालिकामा २०७३ साल देखि कार्यालय प्रमुख फेरबदल नहुदां एकै जनाको हालीमुहाली भइरहँदा अनेकन समस्याहरु मौलाउँदै गएको छ । संघीय सरकारले न्यूनतम एक वर्षमा कार्यालय प्रमुख फेर्ने गरेपनि सो नितिलाई माधवनारायण नगरपालिकामा पालना नभएको देखिएको छ। कार्यालय प्रमुख प्रलव कायस्थ गाउंपालिका रहे बखत २०७३/१२/०९ देखि हाल नगरपालिका भए पश्चात पछि सम्म नी एकै पालिकामा कार्यरत रहेका छन । नगरपालिका भएपछी उनले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन् । स्थानिय तहको निर्वाचन पछी आएका निर्वाचित जनप्रतिनिधिलाई विश्वासमा लिन सफल भए र उनी निमित्त प्रमुख भई रहँदा पटक पटक गरि विभिन्न मितिमा ५ पटक सरुवा पनि भएको थियो तर उनी हल सम्म माधवनारायण मै कार्यरत छन उनले माधब नारायण नगरपालिका छोडर अन्यत्र सरुवा भएको स्थानमा जान नरुचाएको स्थानीयहरू बताउछन । पटक पटकको सरुवा विफल पारेका निप्रप्रअ कायस्थ टसमस नहुनुको कारण उनको पछाडि जनप्रतिनिधिको समर्थन भन्दा पनि आर्थिक लेनदेन प्रमुख रहेको सोही नगरपालिकाका स्थानीयको आरोप समेत रहेको छ ।