प्राइम खबर संबाददाता | फागुन १४, २०७७ शुक्रबार
रौतहटमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर १ स्थित रामपुरमा ट्याक्टरमा बालुवा लोड गरि ल्याउदै गरेको ट्याक्टरबाट खस्दा ट्रयाक्टरको टेलरले किचि चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा बसोबास गर्दै आएका ६२ बर्षिय घ्याम्पे भनिने रामजी कुस्वारको घटना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि लिलाराज लामिछानेले बताए । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ का रुपेश कुस्वारको ना.७ त ५५३१ नम्बरको ट्याक्टरबाट मृतक खसेका थिए । उक्त ट्याक्टरका चालक चन्द्रपुर—६ निवासी मिन बहादुर आलेसहित ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।